सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
५०००
आवश्यक कागजातहरु:
१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार | २.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु | ३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी | ४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र | ५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु | ६.पासपोर्ट साईजको फोटो ३ प्रति | ७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद | ८.सर्जमिन मुचुल्का |
प्रक्रिया:
१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने | ७.अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने |